बेलपत्र पानीमा उमालेर पिउँदा पनि हुन्छ यस्तो फाइदा
बेलपत्रको महत्व हिन्दु समाजमा एकदमै धेरै हुन्छ । बेलपत्रलाई विशेषगरी भगवान शिवलाई चढाउने गरिन्छ । नेपालमा यसको धार्मिक महत्व धेरै छ ।
तर के तपाईंलाई थाहा छ ? यो स्वास्थ्यका लागि पनि एकदमै फाइदाजनक हुन्छ । बेलको पातलाई पानीमा उमालेर पिउँदा विभिन्न समस्याहरुबाट छुट्कारा पाउन सकिन्छ । अथवा भनौं कतिपय शारीरिक समस्यामा यसलाई घरेलु औषधीको रुपमा प्रयोग गर्न सकिन्छ । आर्युवेदिक रुपमा यसको महत्वबारे यहाँ विस्तारमा जानौं ।
पेटको समस्यामा
यदी तपाईं बेलपत्रको पानी पिउनुभयो भने यसले पेटका समस्याबाट छुट्कारा दिन्छ । बेलपत्रमा फाइबरको मात्रा अत्यधिक हुन्छ जो पाचनलाई राम्रो बनाउने काम गर्छ ।
बेलपत्रको पानीले कब्जियत, ग्यास तथा एसिडिटीबाट छुट्कारा पाउन सकिन्छ । यसको पानीले अपच पनि निको हुन्छ । समग्रमा बेलपत्रको पानीले पाचनप्रक्रिया बलियो हुन्छ।
मुटु स्वास्थ्यका लागि
बेलपत्रलाई पानीमा उमालेर पिउँदा मुटुको स्वास्थ्यमा पनि सुधार आउँछ । बेलपत्र, मुटुको स्वास्थ्यका लागि एकदमै फाइदाजनक हुन्छ । यसमा एन्टीअक्सीडेन्ट हुन्छ, जो मुटुलाई फ्री रेडिकल्सबाट जोगाउँछ । बेलपत्रले रक्तचापलाई पनि नियन्त्रणमा राख्न सहयोग गर्छ ।
मधुमेहका लागि
यदी तपाईं मधुमेहको रोगी हुनुहुन्छ भने बेलपत्रलाई पानीमा उमाल्नुहोस् र यसलाई छानेर पिउनुहोस् । बेलपत्रको पानीले रगतमा चिनीको मात्रालाई नियन्त्रण गर्न सहयोग गर्छ । यसमा फाइबर हुन्छ जो मधुमेहका रोगीहरुका लागि फाइदाजनक हुन्छ ।
इम्यून सिस्टम
विमारीहरुबाट बच्नका लागि शरीरमा रोग प्रतिरोधात्मक क्षमता बलियो हुन एकदमै जरुरी हुन्छ । रोग प्रतिरोधात्मक क्षमतालाई बुस्ट गर्नका लागि तपाईं बेलपत्रलाई पानीमा उमालेर पिउन सक्नुहुन्छ । बेलपत्रमा भिटामिन सी पनि पाइन्छ, जो इम्यूनिटी बढाउनका लागि राम्रो मानिन्छ ।
शरीरलाई चिसो बनाउँछ
बेलपत्रको पानीले शरीरलाई सितल वा चिसो राख्न सहयोग गर्छ । विशेषगरी यसलाई गर्मीको समयमा पिउनु एकदमै फाइदाजनक हुन्छ । यदी तपाईंको शरीर तातेको छ, वा गर्मी शरीरमा बढेको छ भने बेलपत्रको पानी एकदमै लाभदायक हुन्छ । यसले शरीरलाई डिहाइडे«शन हुनबाट पनि जोगाउँछ।
एजेन्सी
Comments