बच्चाका पेटमा किरा पर्दा देखिने संकेत
बच्चाको पेटमा किरा तथा जुका पर्नु सामान्य समस्या हो । तर, यसले बच्चालाई धेरै दु:ख दिन सक्छ । जानौं, बच्चाको पेटमा किरा परेको बेला देखिने संकेत तथा यसको निराकरणका उपाय-
बच्चाको पेटमा किरा पर्यो भने भोकको कमी, पेट दुख्ने, पखाला, पटकपटक पिसाब लाग्ने, कमजोरी तथा थकान, कब्जियत र तौल कम हुने जस्ता संकेत देखिन्छन् ।
बच्चाको पेटमा किरा परेको अवस्थामा ज्वानो खुवाउन सक्नुहुन्छ । तातो पानीसँग बच्चालाई ज्वानो दिनुहोस् । यदि उनीहरु ज्वानो सिधा खाँदैनन् भने पानीमा पकाएर पनि दिन सकिन्छ ।
बच्चालाई बिहान खाली पेट त्रिफला चुर्णको सेवन गराउनुहोस् । यसले पेटसम्बन्धी कयौं समस्या कम गर्छ । जस्तै- ग्यास, कब्जियत, अपच, पेटमा किरा तथा जुका परेको आदि ।
कयौं औषधिय गुणहरुले भरपूर लसुनले पनि बच्चालाई पेटमा भएको किराबाट छुट्कारा दिन सक्छ । दैनिक उनीहरुलाई एउटा केस्रा काँचो लसुन खुवाउनुहोस् ।
बच्चाको पेटमा किरा हुँदा तपाईं उनीलाई दैनिक रातमा सुत्नुअघि बेसार दुधको सेवन गराउन सक्नुहुन्छ । यसले उनीहरुलाई आराम दिनेछ, साथमा उनीहरुको रोग प्रतिरोधात्मक क्षमता पनि बढ्नेछ ।
तर, जुका वा किरा परेको अवस्थामा चिकित्सकलाई देखाएर औषधि खानु नै सबैभन्दा उत्तम उपाए हुन्छ ।
एजेन्सी
Comments