आन्ध्र प्रदेशको तिरुपति मन्दिरमा भागदौड, चार जनाको मृत्यु
भारतको आन्ध्र प्रदेशस्थित तिरुपति मन्दिरमा बुधबार राति भागदौड मच्चिएको छ । जसमा चार जनाको मृत्यु भएको छ।
मन्दिरको वैकुण्ठ गेटमा दर्शनका लागि टोकन बाँड्ने क्रममा यो घटना भएको बीबीसी हिन्दीको समाचारमा उल्लेख छ ।
तिरुमाला हिल्समा अवस्थित भगवान वेंकटेश्वर स्वामी मन्दिरमा धेरै भक्त वैकुण्ठद्वार दर्शनका लागि टिकट लिन हतार गरिरहेका थिए । यसबीच भागदौड भएको हो । यसबाट कैयौं घाइतेसमेत भएको बताइएको छ ।
आन्ध्र प्रदेशका मुख्यमन्त्री चन्द्रबाबु नायडूले भागदौडमा चार श्रद्धालुको मृत्यु भएकोप्रति दुःख व्यक्त गरेका छन् ।
माघ १० गतेदेखि सुरु हुने १० दिने वैकुण्ठद्वार दर्शनका लागि भारतभरबाट सयौँ भक्तजनको घुइँचो लागेको छ ।
एजेन्सी
Comments