नेपाल क्लियरिङ्ग हाउस लिमिटेडको २० प्रतिशत लाभांश घोषणा
नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल)ले लाभांश घोषणा गरेको छ । एनसीएचएलको पुस ६ गते बसेको सञ्चालक समितिको बैठकले २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
कम्पनीले आर्थिक वर्ष २०८०/८१ को नाफाबाट सेयरधनीहरूलाई चुक्ता पुँजीको १० प्रतिशतका दरले २० लाख २४ हजार ९७० कित्ता बोनस सेयर र कर प्रयोजनका लागि १ प्रतिशतका दरले १ करोड ६ लाख ५७ हजार ७३९ रुपैयाँ नगद गरी कुल २० प्रतिशत लाभांश प्रस्ताव गरेको हो।
लाभांश पारित गर्न पुस २८ गते काठमाडौंमा पौने १२ बजे १३औँ वार्षिक साधारण सभा डाकेको छ । सभाले सञ्चालकको बैठक भत्ता तथा सुविधा वृद्धि स्वीकृत गर्ने, ३ जना सञ्चालकको चयन गर्नेछ ।
अधिकृत पुँजी वृद्धि गर्न र बोनस सेयर बराबर चुक्ता पुँजी वृद्धि गर्न प्रबन्धपत्रको संशोधन स्वीकृत गर्ने, नेपाल राष्ट्र बैंकको स्थलगत निरीक्षण प्रतिवेदन २०८१ मा दिइएका निर्देशनहरूको कार्यान्वयन गर्न नियमावलीको संशोधन स्वीकृत गर्नेछ ।
साधारण सभाले आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षको प्रतिवेदन पारित गर्नेछ । यस्तै, आर्थिक वर्ष २०८१/८२ को लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमीक निर्धारण गर्नेछ ।
एजेन्सी
Comments