जेठ १ गतेदेखि लागु हुने ब्रोकर कमिशनको दर सार्वजनिक

जेठ १ गतेदेखि लागु हुने गरी नेपाल धितोपत्र बोर्डले आगामी बर्षको ब्रोकर कमिशन दर प्रकाशन गरेको छ। बोर्डले धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को अनुसूचीमा हेरफेर गरेर ब्रोकर कमिशन घटाएको हो ।

संगठित संस्थाको सेयरको प्रत्येक खरिद तथा बिक्री कारोबारमा धितोपत्र दलाली वापत लिन पाउने सेवा शुल्क ५० हजार रुपैयाँ सम्मको कारोवारमा ०.३६ कमिशन लाग्ने व्यवस्था गरेको छ।

त्यस्तै, ५० हजार भन्दा माथि ५ लाख सम्मको कारोवारमा ०.३३ प्रतिशत कमिशन लाग्ने छ । ५ लाखदेखि २० लाखसम्मको कारोवारमा ०.३१ प्रतिशत कमिशन लागू हुने जनाएको छ।

२० लाखदेखि १ करोडसम्मको कारोवारमा ०.२७ प्रतिशत कमिशन लाग्ने छ । १ करोडभ न्दा माथी जतिसुकैको कारोवारमा ०.२४ प्रतिशत कमशिन लाग्ने छ ।

धितोपत्र बोर्डको वैशाख २३ गते आइतबार बसेको संचालक समितिको बैठकले २०८१ जेठ १ गतेदेखि साविकको ब्रोकर कमिशनमा १० प्रतिशत घटाएर नयाँ ब्रोकर कमिशन कार्यान्वयनमा ल्याउने निर्णय गरेको थियो। सोहि अनुसार बोर्डले ब्रोकर कमिशन दर प्रकाशन गरेको हो ।

अर्थ मन्त्रालयले ब्रोकर कमिशन घटाउनको लागि नेपाल धितोपत्र बोर्डलाई स्वीकृति प्रदान गरेपछि नयाँ ब्रोकर कमिशन लागु हुन लागेको हो । २०८१ वैशाख १२ गते मन्त्रिस्तरीय निर्णय गर्दै अर्थमन्त्री वर्षमान पुनले बोर्डको प्रस्ताव बमोजिम ब्रोकर कमिशन घटाउन बोर्डलाई स्वीकृति प्रदान गरेका थिए ।

एजेन्सी

Comments

Back to top