‘वुल्फ म्यान’को नाम गिनिज बुकमा दर्ता, अनुहार र शरीरको ९८ प्रतिशत भाग कपालले ढाकियो

अनुहारमा नचाहिने रौं हटाउन सबैको चाहना हुन्छ तर कतिपयको लागि यो प्रसिद्धिको कारण बन्न सक्छ । मेक्सिकोको एक परिवारलाई हालै गिनिज वल्र्ड रेकर्ड्सले सबैभन्दा कपाल भएको परिवारको दर्जा दिएको छ ।

भिक्टर ‘ल्यारी’ गोमेज, गेब्रियल ‘ड्यानी’ रामोस गोमेज, लुइसा लिलिया डे लिरा एसेभ्स र जीसस म्यानुअल फजार्डो एसेभ्स एउटै परिवारको हिस्सा हुन् जसको नाम यस रेकर्ड बुकमा समावेश गरिएको छ । तिनीहरूको अनुहारमा ब्वाँसोको जस्तो अनगिन्ती केशहरू छन् ।

यो एउटा अनौठो केस हो जसमा भिक्टर गोमेजको परिवारका जम्मा ४ जना सदस्यहरू ‘कन्जेनिटल जनरलाइज्ड हाइपरट्रिकोसिस’ नामक अत्यन्तै दुर्लभ आनुवंशिक अवस्थाबाट पीडित छन्, जसलाई छोटकरीमा (सीएचजी) पनि भनिन्छ ।

यस परिवारको अवस्था हेर्दा अनुहार र छातिमा सामान्यभन्दा धेरै कपाल बढ्नु हो । २००९ को एक रिपोर्ट अनुसार, १०० भन्दा कम मामिला मात्र रिपोर्ट गरिएको छ । हाइपरट्रिकोसिस जन्ममा देखिन सक्छ वा समयसँगै विकास हुन सक्छ ।

गोमेज परिवारले वैज्ञानिकहरूलाई सीएचजीबारे बुझ्न धेरै मद्दत गर्यो । वैज्ञानिकहरूले यो दुर्लभ अवस्थाको लागि कुन जीन जिम्मेवार छ भनेर विश्लेषण गरेका छन् । अनुसन्धानले यो अवस्था एक्स क्रोमोजोमसँग जोडिएको खुलासा गरेको छ । यसको मतलब आमाबाबुले यो अवस्था आफ्ना बच्चाहरूलाई हस्तान्तरण गर्न सक्छन् । गोमेज परिवारमा, पुरुषहरूको कपाल धेरै कडा हुन्छ र तिनीहरूको शरीरको ९८ प्रतिशत भाग ढाक्छ, जबकि महिलाहरूको कपाल अलि नरम हुन्छ ।

एजेन्सी

Comments

Back to top