प्रि ओपन सेसनमा नेप्से परिसूचक २.८४ अंकले बढ्यो !

बिहिबार प्रि ओपन सेसनमा नेप्से परिसूचक २.८४ अंकले बढेको छ। 

बुधबार ०.२१ अंकले घटेर १९६०.६० मा बन्द भएको नेप्से आज प्रिओपन पछि १९६३.४५ मा खुलेको हो। कुल १,६०९ कित्ता सेयरको खरिदबिक्री करिब १० लाख २२ हजारमा कारोबार भएको छ।

यस सेसनमा कारोबारमा आएका ३८ कम्पनीमध्ये २३ को मूल्य बढ्यो भने १४ को मूल्य घट्यो। बाँकी कम्पनीको मूल्यमा भने कुनै परिवर्तन छैन।

यस अवधीमा कुल ५६ पटक ट्रान्ज्याक्सन भएको छ।

Comments

Back to top