गुराँस लघुवित्तको नाफा लगायतको प्रमुख सूचकहरुमा आकर्षक वृद्धि

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा गुराँस लघुवित्तको नाफा लगायतको प्रमुख सूचकहरुमा आकर्षक वृद्धि भएको छ । यसअवधिमा यस कम्पनीले २ करोड २४ लाख ७८ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

अघिल्लो वर्षको यसैअवधिमा गुराँस लघुवित्त ५४ लाख ९१ हजार रुपैयाँ नोक्सानमा थियो । खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढ्दा यसको खुद नाफामा आकर्षक बढोत्तरी भएको हो । खुद ब्याज आम्दानी ६७.११ प्रतिशतले बढेर ५ करोड ६९ लाख ६८ हजार रुपैयाँ पुगेको छ ।

अघिल्लो वर्षको यसैअवधिमा यसले ३ करोड ४० लाख ९१ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । यता, गत वर्ष ५४ लाख ९७ हजार रुपैयाँ सञ्चालन नोक्सानमा रहेको यस कम्पनीले यस वर्ष २ करोड ९७ लाख ३४ हजार रुपैयाँ सञ्चालन आम्दानी गरेको छ ।

चैत मसान्तसम्म आइपुग्दा गुराँस लघुवित्तको चुक्ता पुँजी १० करोड १४ लाख रुपैयाँ छ । प्रतिसेयर आम्दानी १३ रुपैयाँ ९९ पैसा र प्रतिसेयर नेटवर्थ १४३ रुपैयाँ २३ पैसा छ ।

एजेन्सी

Comments

Back to top