हिरो मोटोकर्पद्वारा नवलपरासीमा एसेम्बल प्लान्ट उद्घाटन

दुई पाङ्ग्रे सवारी उत्पादन गर्ने हिरो मोटोकर्पले नेपालका लागि आधिकारिक वितरक सीजी मोटर्ससँगको सहकार्यमा नेपालमा एसेम्बल प्लान्टको उद्घाटन गरेको छ।

हिरो मोटोकर्पले आफ्ना चार विश्वव्यापी लोकप्रिय उत्पादनहरू एक्सपल्स २०० फोरभी, सुपर स्प्लेन्डर, स्प्लेल्डर प्लस मोटरसाइकल र जुम ११०  स्कुटर बजारमा ल्याएको हो।

अब उक्त चारवटा उत्पादनलाई नवलपरासीको सिजी इन्डस्ट्रियल पार्कमा अवस्थित अत्याधुनिक एसेम्बली फ्यासिलिटीमा स्थानीय रूपमै एसेम्बल गरिने कम्पनीले जनाएको छ।

प्रति वर्ष ७५ हजार युनिट उत्पादन क्षमता रहेको प्लान्टले नवलपरासी क्षेत्रमा नयाँ लगानी ल्याउन र रोजगारीका अवसरहरू सिर्जना गर्ने कम्पनीको विश्वास छ। सीजी मोटर्सले बढ्दो ग्राहक संख्यालाई ध्यानमा राख्दै कम्पनीले नेपालभर सेल्स तथा सर्भिस सेन्टरको नेटवर्क द्रुत रूपमा विस्तारको योजना अघि बढाएको छ।

बिजनेस अफिसर सञ्जय भानले नवीनता र प्रविधि आफ्नो मूल मन्त्रका साथ, हिरो मोटोकर्प विश्वभरका आफ्ना ग्राहकहरूलाई विश्वस्तरीय उत्पादनहरू र अनुभवहरू प्रदान गर्न प्रतिबद्ध रहेको बताए।

उनले भने, ‘यस सहकार्य हिरो मोटोकर्प, सीजी मोटर्स र नेपालका लागि उत्साहजनक क्षण हो। यस अत्याधुनिक एसेम्बली युनिटले हाम्रा विश्वस्तरीय उत्पादनहरू अब नेपालमा नै बनाइने र देशभरका ग्राहकहरूका लागि सजिलै उपलब्ध हुने सुनिश्चित गर्नेछ।’

त्यस्तै चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले सीजी मोटर्सका लागि यो एकदमै विशेष क्षण भएको बताउँदै एसेम्बल सुविधाको उद्घाटन गर्न र यी नयाँ उत्पादनहरू लन्च गर्न पाउँदा उत्साहित रहेको बताए।

एजेन्सी

Comments

Back to top