प्राइम कमर्सियल बैंकको संस्थापक शेयर सर्वसाधारणमा बिक्री खुला

प्राइम कमर्सियल बैंक लिमिटेडले संस्थापक शेयर सर्वसाधारणलाई बिक्रीमा राखको छ । बैंकले एक सूचना जारी गर्दै बैंकका संस्थापक शेयरधनीको नाममा यसअघि विक्रीमा राखिएको शेयरमा कुनै पनि संस्थापक शेयरधनीबाट आवेदन नपरेकाले बैंकले सर्वसाधारणका लागि शेयर विक्रीमा ल्याएको हो ।

उक्त शेयर खरिद गर्न ईच्छुक व्यक्तिले सूचना प्रकाशित मिति आज वैशाख १० गतेले १५ दिनभित्र बैंकको कम्पनी सचिवको कार्यालयमा सम्पर्क गर्नुपर्नेछ । साथै विक्री गर्ने संस्थापकको नाम र शेयर मूल्यको बारेमा कम्पनीमा बुझन आग्रह गरेको छ ।

बैंकले गत माघ २२ गते संस्थापक शेयरधनीले मात्रै खरिद गर्न पाउने गरी गरी विक्रीमा राखिएको थियो ।

एजेन्सी

Comments

Back to top