आइतबार नेप्से १२.२९ अंकले बढ्यो, २ अर्ब २५ करोडको सेयर कारोबार!

आइतबार नेप्से परिसूचक १२.२९ अंकले बढेर १९८४.४३ विन्दुमा पुगेको छ।

यस दिन कारोबार भएका ३१० कम्पनीको कुल ६३ लाख ९३ हजार २४५ कित्ता सेयरको करिब २ अर्ब २५ करोड ९९ लाख बराबरको कारोबार भयो। कारोबारमा आएका कम्पनीमध्ये १७६ कम्पनीको सेयर मूल्य बढेको छ, ६३ कम्पनीको मूल्यमा गिरावट छ भने, ६ कम्पनीको मूल्यमा कुनै परिवर्तन छैन।

यस दिन कारोबार भएका ११ उपसमूहको परिसूचक  बढेको छ भने २ उपसमूहको परिसूचक घटेको छ।

प्रमुख कारोबार

यस दिन टप गेनरमा डोल्टी पावर कम्पनी लिमिटेड रहेको छ जसको सेयर मूल्य ९.८८ प्रतिशतले बढेको छ। सबैभन्दा धेरै गुमाउनेमा पिपुल्स पावर कम्पनी लिमिटेड रहेकाे छ जसको सेयर मूल्य ७.४६% ले घटेको छ। कारोबार रकमका आधारमा गुर्खाज फाइनान्स लिमिटेड शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन १० करोड २१ लाख बराबरको सेयर कारोबार भएको छ।  भोल्यूमका आधारमा सबेभन्दा धेरै सिद्धार्थ इक्विटी फण्डको कारोबार भयो।

Comments

Back to top