रिडी पावरको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन

रिडी पावर कम्पनी लिमिटेडको अवितरित हकप्रद शेयरमा आवेदन दिने आज वैशाख ९ गते अन्तिम दिन रहेको छ । कम्पनीले चैत्र ३० गतेदेखि ११ लाख ३५ हजार ६५७ कित्ता शेयर लिलाम मार्फत बिक्री खुला गरेको थियो ।

शेयर खरिदका लागि जोकोही व्यक्ति, कम्पनी वा संघ संस्थाहररूले आवेदन दिन सक्नेछन् । बिक्रीमा राखिएको यस शेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ । खरिदकर्ताले प्रतिस्पर्धात्मक मूल्य कबोल गर्नुपर्नेछ । बोलकबोल पेश गर्दा न्यूनतम १०० कित्ता र अधिकतममा सम्पूर्ण कित्ता खरिदका लागि आवेदन दिन सकिनेछ ।

कम्पनीले गत फागुन १८ देखि चैत ८ गतेसम्म ५० प्रतिशत हकप्रद शेयर बिक्री खुला गरेको थियो । उक्त अवधिमा बिक्री नभएको शेयर लिलामीमा ल्याएको हो।

खरिदकर्ताले मुक्तिनाथ बैंकको प्रधान कार्यालय साथै, तोकिएको शाखा कार्यालयहररू ठिमी, कुमारीपाटी, विर्तामोड, वीरगंज, जनकपुर, हेटौडा, नारायणगढ, पोखरा, बाग्लुङ, बेनी, बुटवल, घोराही, नेपालगंज, सुर्खेत, धनगढी र महेन्द्रनगरबाट आवेदन दिन सक्नेछन् ।

एजेन्सी

Comments

Back to top