नाइजरबाट आफ्ना सेना फिर्ता गर्न थाल्ने अमेरिकाको प्रतिबद्धता

ठूलो विरोध प्रदर्शनपछि अमेरिकाले नाइजरबाट आफ्ना सेना छिटै फिर्ता गर्ने प्रतिबद्धता जनाएको छ । पश्चिम अफ्रिकी देश नाइजरमा अमेरिकी सेना फिर्ताको माग गर्दै केही दिनयता आन्दोलन चर्किएको छ । गएको मार्चमै अमेरिकाले आफ्ना सेना फिर्ता गर्ने सम्झौतामा हस्ताक्षर गरेको थियो तर अहिलेसम्म पनि सात सय जना सैनिक नाइजरमै रहेका छन् ।

यसै विषयमा अमेरिकी उप–विदेशमन्त्री कर्ट क्याम्पबेल र नाइजेरियाका प्रधानमन्त्री अली महामान लामिन जेइनबीच हिजो भेटवार्ता पनि भएको छ । भेटमा क्याम्पबेलले आफ्ना सैनिक फिर्ता लिन शुरु गर्ने प्रतिबद्धता जनाउनुभएको कतारी सञ्चारमाध्यम अल जजिराले जनाएको छ ।

अमेरिकाले नाइजरको साहेल क्षेत्रमा अल कायदा र आईएसआईएसविरुद्ध लड्न भन्दै सेना घटाएको थियो। पश्चिम अफ्रिकाबाट अहिले पश्चिमा देशका सेना हटाउने अभियान नै चलेको छ । यसअघि छिमेकी माली र बुर्किना फासोमा विद्रोहीले ठूलो क्षेत्र कब्जा गरेपछि फ्रान्सको सेनालाई धपाएका थिए ।

पश्चिम अफ्रिकी देश अहिले रुसतर्फ ढल्किएका छन् । रुसले नाइजर, माली र बुर्किनाफासोमा सैन्य प्रशिक्षक र हवाई रक्षा प्रणाली र अन्य सैन्य उपकरण पठाएको छ । 

एजेन्सी

Comments

Back to top