सर्वोत्तम सिमेन्टको वैशाख १२ गते साधारण सभा

सर्वोत्तम सिमेन्टको वैशाख १२ गते साधारण सभा बस्ने भएको छ । कमपनीले यसपटक सेयरधनीलाई १५ प्रतिशत नगद लाभांश दिंदैछ ।

यसले गत वर्षको नाफाबाट यस्तो प्रस्ताव गरेको हो । अब आगामी साधारण सभाले पारित गरेपछि यो कार्यान्वयनमा आउनेछ । साधारण सभा, होटल भिलासा, भैरहवा रुपेन्देहीमा बिहान १० बजे बस्नेछ ।

साधारण सभा र लाभांश वितरण प्रयोजनका लागि सर्वोत्तमले चैत ३० गते शुक्रबार एक दिन बुक क्लोज गरिसकेको छ ।

यसआधारमा चैत २९ गते बिहीबारसम्म कायम रहेका सेयरधनीले मात्र कम्पनीले वितरण गर्ने लाभांश पाउन सक्नेछन् ।

एजेन्सी

Comments

Back to top