ओलम्पिकअघि फ्रान्सले पेरिस स्क्वाटबाट हटायो सयौँ आप्रवासी

फ्रान्सेली अधिकारीहरूले ओलम्पिक सुरु हुनुअघि मात्र एक सय दिनअघि बुधबार पेरिसको दक्षिणी उपनगरमा बस्ने सयौँ आप्रवासीहरूलाई निष्कासन गरेका छन् । उनीहरूलाई फ्रान्सका अन्य स्थानमा जानका लागि बसमा चढ्नका लागि प्रोत्साहित गरिएको छ । 

च्यारिटी संस्थाहरूले अधिकारीहरूमाथि जुलाई २६ देखि अगस्ट ११ सम्म हुने ओलम्पिक खेललाई राम्रो देखाउन फ्रान्सेली राजधानीबाट घरबारविहीन मानिसलाई हटाउने कोसिस गरेको आरोप लगाएका छन् । उनीहरूको सहयोगका लागि आएका गैर–सरकारी सङ्गठनहरूका अनुसार भिट्री–सुर–सिनमा परित्याग गरिएको कार्यालय भवन चार सय ५० आप्रवासीहरूको घर थियो । उनीहरूमध्ये अधिकांशले दस्तावेजीकरण गरेको भए पनि सामाजिक आवासको प्रतीक्षा गरिरहेका थिए । 

अधिकारीहरूले आगामी निष्कासनको घोषणा गरेपछि साताको प्रारम्भमा धेरै मानिसले उक्त भवन छाडेका थिए । आफ्नो सामान ब्याग, सुटकेस तथा ट्रलीमा भरेर बुधबार बिहान दङ्गा गियरमा प्रहरीको निगरानीमा आगामी कदमबारे चिन्तित देखिएका करिब तीन सय मानिस शान्तपूर्वक बसेका थिए । अधिकांश युवा पुरुषहरू थिए तर बच्चाहरूसहित धेरै जवान आमा पनि भीडमा थिए । 

एक–एक गरेर प्लास्टिक फोल्डरमा कागजात समातेर उनीहरू टेबल पछाडि बसेका अध्यागमन अधिकारीहरूसमक्ष टुटे फुटेको फ्रेन्च तथा अङ्ग्रेजी भाषामा आफ्नो अवस्था बुझाउन पुगेका थिए । उनीहरूलाई केन्द्रीय सहर अर्लियन्स वा दक्षिणपश्चिमी सहर बोर्डोसम्म लैजानका लागि बाहिर बसहरू प्रतीक्षामा थिए । 

एजेन्सी

Comments

Back to top