रुससँग सम्बन्ध बढाउँदै सुडान

सुडानको संक्रमणकालीन सार्वभौम परिषद्का अध्यक्ष तथा सुडानी सशस्त्र बलका जनरल कमाण्डर अब्देल फताह अल–बुर्हानले दुई देशको साझा हितको लागि रुससँग सम्बन्ध बढाउन सुडान इच्छुक रहेको बताएका छन् । 

अल–बुरहानले पूर्वी सुडानको रेड सी राज्यको राजधानी शहर पोर्ट सुडानमा रसियाका उप विदेशमन्त्री र मध्य पूर्व र अफ्रिकाका लागि विशेष राष्ट्रपतिका प्रतिनिधि मिखाइल बोगदानोभसँगको भेटमा उक्त टिप्पणी गरेका हुन् ।

रुसले सुडानसँग विभिन्न क्षेत्रमा थप सहयोगका लागि तयार रहेको भन्दै दुई देशको नेतृत्वमा सहकार्यलाई फराकिलो क्षितिजमा पुर्‍याउने राजनीतिक इच्छाशक्ति रहेको बताएको छ ।

उनले दशकौंदेखि मस्कोको मित्र रहेको सुडानको एकता र यस देशको क्षेत्रीय अखण्डता र सार्वभौमसत्ताको रक्षा गर्न प्रयास गर्ने बताए ।

एजेन्सी

Comments

Back to top