खाडी क्षेत्रमा मुसलधारे वर्षाले जनजीवन अस्तव्यस्त : ओमानमा १८ जनाको गयो ज्यान

खाडी क्षेत्रमा मुसलधारे वर्षाका कारण जनजीवन अस्तव्यस्त भएको छ । संयुक्त अरब इमिरेट्स (यूएई)मा भएको वर्षाका कारण दुबई, आबुधाबीलगायतका शहरको जनजीवन प्रभावित भएको खालीज टाइम्सले जनाएको छ ।

यूएई मौसम विभागकाअनुसार २४ घण्टाभन्दा कम समयमा दुई सय ५४ मिलिमिटरसम्म पानी परेको छ । यूएईमा ७५ वर्षयताकै ठूलो पानी परेको हो । बहराइन, कतार र साउदी अरबमा पनि ठूलो पानी परेको छ ।

यूएईमा बाढीका कारण एकजनाको ज्यान गएको समाचार संस्था एपीले जनाएको छ । यूएईमा भएको ठूलो वर्षाले छिमेकी देश ओमानमा बाढी आएको छ ।

बाढीका कारण ओमानमा १८ जनाको ज्यान गएको छ। ओमान र यूएईमा वर्षाका कारण विद्यालय बन्द गरिएका छन् । सडक तथा विमानस्थलमा बाढी पस्दा यातायात सेवा अबरुद्ध भएको छ । 

एजेन्सी

Comments

Back to top