कुमारी बैंकको १० लाख कित्ता शेयर बिक्रीमा

कुमारी बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले शेयरधनी विरेन्द्र कुमार साहको नाममा रहेको १० लाख कित्ता शेयर बिक्रीमा ल्याएको हो ।

यस शेयरमा हाल विद्यमान संस्थापक शेयरधनीले मात्रै खरिद आवेदन दिन पाउनेछन् । उक्त शेयरको मूल्यभने बिक्रेताले तोके बमोजिम हुने बैंकले जनाएको छ ।

शेयर खरिद गर्न इच्छुक शेयरधनीले आवश्यक कागजात सहित ३५ दिनभित्र बैंकको शेयर रजिष्ट्रार, कुमारी क्यापिटल लिमिटेड, नक्साल–काठमाडौं वा बैंकको प्रधान कार्यालय, टंगाल–काठमाडौंमा आवेदन दिनुपर्नेछ ।

साथै, तोकिएको समयभित्र संस्थापक शेयरधनीबाट खरिद आवेदन नपरेको खण्डमा सो शेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री गरिने बैंकले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

एजेन्सी

Comments

Back to top