अफगानिस्तानमा भारी वर्षा र बाढीबाट कम्तीमा ३३ जनाको मृत्यु

अफगानिस्तानमा तीन दिनदेखिको भारी वर्षा र बाढीबाट कम्तीमा ३३ जनाको मृत्यु भएको सरकारको प्रकोप व्यवस्थापन विभागले आइतबार बताएको छ । 

“शुक्रबारदेखि परेको पानीका कारण अचानक बाढी आउँदा ठूलो मानवीय तथा वित्तीय क्षति भएको छ”, विभागका प्रवक्ता जनान सायेकले भने, “दुर्भाग्यवश ३३ जनाको मृत्यु र २७ जना घाइते भएको प्रारम्भिक जानकारीबाट थाहा भएको छ ।”

सायेकका अनुसार अधिकांश मृत्यु घरको छत खसेर भएका छन् । करिब छ सय घर क्षतिग्रस्त वा नष्ट भएका छन् भने करिब छ सय किलोमटर सडक भत्किएको छ र करिब दुई हजार एकड कृषि भूमिमा बाढी पसेको छ ।

मुलुकका ३४ प्रान्तमध्ये करिब २० प्रान्तमा भारी वर्षा भएको छ । यसपछि असामान्यरूपमा आएको सुक्खा जाडो मौसमले जमिन सुक्खा भएको छ र किसानहरूलाई बाली लगाउने काममा ढिलाइ गर्न बाध्य पारेको छ । 

 

Comments

Back to top