कङ्गोमा हिँसाका कारण विस्थापित पाँच लाखजना नागरिकको अवस्था नाजुक

युद्धग्रस्त अफ्रिकी देश कङ्गोमा हिँसाका कारण विस्थापित भएका पाँच लाख जना नागरिकको अवस्था अत्यन्तै नाजुक बनिरहेको संयुक्त राष्ट्रसंघले जनाएको छ । गोमा र यसको वरपर आश्रय लिएका पाँच लाख जनाभन्दा धेरै विस्थापित मानिस निकै नाजुक अवस्थामा पुगेको भन्दै संयुक्त राष्ट्रसंघले चिन्ता जनाएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ।

संयुक्त राष्ट्रसंघीय मानवीय मामिला समन्वय कार्यालय (ओसीएचए) ले विस्थापित बसिरहेको ठाउँमा पानी, खाना र प्राथमिक उपचारकोसमेत अभाव रहेको बेला विद्रोही  घुसपैठ गरेर विस्थापितलाई नै ढाल बनाइरहेको बताएको छ । मार्चको शुरुदेखि विस्थापन स्थल भित्र र वरपर गोलाबारी र ग्रेनेड विस्फोटका घटनाले आठ जनाको ज्यान गएको छ । केही घाइते भएका छन् ।

विस्थापितकै शिविरमा हतियारको भण्डारण र लडाई हुनु ठूलो खतराको सङ्केत भएको खबरमा उल्लेख छ । कङ्गो सरकारले थप झडपको डरलाई कारण देखाएर संयुक्त राष्ट्रसंघीय मिसन मोनुस्कोका शान्ति सैनिकलाई देश छोड्न अनुरोध गरेको छ ।  

एजेन्सी

Comments

Back to top