स्तुपको परिक्रमा तथा पूजा किन गरिन्छ ?

स्तुप बुद्ध तथा बोधिसत्वहरुको चित्तको प्रतीक हुनाले यहाँ पूजा आराधना गर्दा सम्पूर्ण बुद्ध बोधिसत्वलाई पूजा सत्कार गरेको झैँ पूण्य पाईन्छ । स्तुपमा राखेको करोडौं पवित्र मन्त्रहरुको प्रतापले स्तुपमा पूजा परिक्रमा गर्नाले तनमन बचनद्वारा सञ्चय गरेको कुकर्महरु क्षय हुँदै जाने तथा सत्कर्ममा प्रेरणा र पाप नष्ट हुन्छ ।

स्तुप भित्रको विभिन्न धातु तथा रत्नहरुको प्राकृतिक उर्जाले मनोकामना पूर्ण हुन्छ । स्तुप निर्माण गर्दा विधिवतरुपले राखेको पञ्च अन्नको सह प्रतापले गाउँमा अन्न उब्जनी राम्रो तथा अभाव कहिले हुदैन । फालि तथा कुट्टो, कोदालो घरायसी काममा चाहिने सामग्रीको प्रभावले खेतीपाती राम्रो हुन्छ । बहुमूल्य जडिबुटीको प्राकृतिक शक्तिले स्तुपमा पूजा प्राथना गर्नाले रोग कष्टहरु न्यूनीकरण भएर जानेछ ।

गाउँघरमा स्तुपको स्थापना गर्नाले महामारी अनिकाल भोकमरी जस्तो आपतहरु कहिले हुँदैन । साथै गाउँघर तथा निर्माणकर्ताको घरमा सहको बास तथा स्तुपको पूण्य प्रभाव कालान्तर सम्मै रहनेछ ।

स्तुप निर्माण गर्दा अथाह पूण्य प्रात हुन्छ । स्तुप निर्माणगर्दा एकमुठी बालुवा मात्रै आफ्नो रगत पसिनाले आर्जित पैसाले किनेर तथा आफैँ श्रम कर्म गरेर लगाएमा युगौँ युगसम्म स्तुपमा अरुले पूजाश्रद्धा गर्दा पनि त्यो दातालाई पूण्य प्राप्ति भइरहन्छ ।

जसको पूण्यले हाम्रो मृत्यु पश्चात् आ-आफ्नै कर्मले गर्दा कतै १) पशुलोक २) प्रेतलोक ३)नर्कलोक ४)देवलोक ५) असुरलोक ६) मनुष्यलोक । यी ६ लोकमध्ये माथिको तीन दुर्गतिमा भए त्यहाँबाट शीघ्र मोक्ष प्रात हुने तथा तीन सुगतिमै भए पनि दिनानुदिन हाम्रो समृद्धि, ऐश्वर्य, स्वास्थ सफल हुने र पुण्य प्राप्त भइरहन्छ । अन्य कुरामा खर्च गरेको भन्दा स्तुपमा खर्च गरेको पूण्य अथाह हुन्छ । मृतकहरुको चित्त अनेकौं असन्तुष्टि मोहले दुर्गीतमा जाग्रीति (प्रेत) भएर अन्तरभावमै रुमल्ली रहेकोहरुपनि सन्तान आफन्तहरुले स्तुप निर्माण गरेर पूण्य अनुमोदन गर्नाले प्रेत अन्तरभावबाट मुक्त हुन्छ ।

अन्य कुरामा हाम्रो धनसम्पत्ति खर्चनाले राग, द्वेष, ईर्ष्या, घमण्डता र पश्चताप धेरै आउँछ । तर स्तुप आदि आध्यात्मिक बस्तुले जो कोहीको पनि मनमा श्रद्धा आस्था हुने हुँदा स्तुप निर्माण गरेको पूण्य विषेश हुन्छ ।

स्तुप दर्शनले ६ लोक नै विशेषतः प्रेतलोक तथा पशुलोक प्राणीको दर्शन उद्धार फाईदा हुनेछ । योग्य गुरुबाट सुप्रतिष्ठा भएको स्तुपमा दर्शन पूजा मात्रै गर्नाले सदीयौंदेखिको गालीश्राप ऋण तथा पाप काटिने र पूण्य सञ्चय हुन्छ ।

एजेन्सी

Comments

Back to top