आउँदाे वर्षकाे बजेट लेख्न समिति गठन

अर्थ मन्त्रालयले आउँदाे आर्थिक वर्ष २०८१/८२ का लागि बजेट मस्यौदा लेखन समिति गठन गरेको छ । अर्थमन्त्री वर्षमान पुनले आउँदाे आर्थिक वर्षका लागि आज बजेट लेखन समिति गठन गरेको उनको सचिवालयले जनाएको छ ।

आउँदाे आर्थिक वर्षकाे बजेट वक्तव्य लेखनका लागि सहसचिव धनीराम शर्माको संयोजकत्वमा समिति गठन भएको हो । समितिमा अर्थ मन्त्रालयका सहसचिव रितेशकुमार शाक्य, महेश आचार्य, रामप्रसाद आचार्य, ईश्वरी अर्याल र आन्तरिक राजस्व विभागका उपमहानिर्देशक पार्वती शर्मा सदस्य छन् ।

समिति संयोजक शर्माले भोलि शनिवार नै बैठक बसेर समितिले काम थाल्ने जानकारी दिए । विषयगत मन्त्रालयहरूसँग समन्वय गरेर तत्काल बजेट लेखनको काम थालिने उपनिर्देशक शर्माले बताए । एजेन्सी

Comments

Back to top