नेपालको फोनपे र कोरियाको जिएलएनबीच अन्तरदेशीय भुक्तानी प्रणालीका लागि समझदारी

नेपालको सबैभन्दा ठूलो भुक्तानी सञ्चालक फोनपे र कोरियाको विश्वव्यापी भुक्तानी नेटवर्क प्रदान गर्ने कम्पनी जीएलएन इन्टरनेशलबीच क्रस-बोर्डर क्यूआर भुक्तानी प्रदान गर्ने सम्बन्धमा समझदारी भएको छ।

समझदारीमा दुई कम्पनीले नेपाल र कोरियाबीच क्रस-बोर्डर क्यूआर कोड भुक्तानी प्रदान गर्न आवश्यक नियामक, प्राविधिक र व्यावसायिक सम्भाव्यतामा काम गरिने उल्लेख छ।

फोनपे र जीएलएनको सहकार्यबाट कोरियाबाट नेपाल आउने पर्यटकहरूले नेपालमा क्यूआर भुक्तानी गर्न सक्नेछन्।

कोरियाबाट नेपाल आउने जीएलएन प्रयोगकर्ताहरूले हाना वानक्यू, केबी वालेट, आइबैंक, टस, हाना मनी र जीएलएन एपजस्ता बैंकिङ एप्स मार्फत फोनपेको तेह्र लाख स्टोरहरूमा तुरुन्तै क्यूआरमार्फत भुक्तानी गर्न सक्नेछन्।

जीएलएनका सीईओ क्यून्ग्हो किमले विश्वभरी क्रस-बोर्डर भुक्तानी सेवा प्रदान गर्ने प्रतिबद्धताअनुसार फोनपेसँग समझदारी भएको बताउँदै यसबाट आफू उत्साहित रहेको बताए।

यस्तै फोनपेका सीईओ दिवस कुमारले जीएनएलसँगको सहकार्यले कोरियाली पर्यटकहरूमा सेवा विस्तार गर्न उत्साहित रहेको बताए।

साथै उनले हालको समयमा अन्तर्राष्ट्रिय विस्तार अभियानमा एक नयाँ सदस्य थप्न सफलको खुसी समेत व्यक्त गरे। एजेन्सी

Comments

Back to top