शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकलाई ‘बेस्ट म्यानेज्ड डेभलपमेन्ट बैंक’ २०२४ को अवार्ड

बुटवलमा केन्द्रीय कार्यालय रहेको शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले।। बेस्ट म्यानेज्ड डेभलपमेन्ट बैंक’ २०२४ अवार्ड जितेको छ ।

बैंकका अध्यक्ष थानेश्वर पौडेलले न्यु बिजनेस एज प्रा.लि.ले काठमाडौँमा गत शुक्रबार गरेको न्यु बिजनेस कन्क्लेभ एन्ड अवार्ड–२०२४ अन्तर्गत विकास बैंकमध्ये शाइन रेसुङ्गा उत्कृष्ट हुँदै अवार्ड जितेको बताए ।

यसअघि बैङ्कले सन् २०२२ मा पनि बेस्ट म्यानेज्ड डेभलपमेन्ट बैंक’ अवार्ड जितेको अध्यक्ष पौडेलले बताए । त्यसै गरी बैंकले गत वर्ष अन्तर्राष्ट्रियस्तरको एसिया इमर्जिङ बैकिङ’ अवार्ड जितेको थियो । बैङ्कको कुशल व्यवस्थापन र ग्राहकको सन्तुष्टिले यो उपाधि जित्न सफल भएको बैङ्कका अध्यक्ष पौडेलको भनाइ छ ।

“यो उपाधि जित्नुमा बैङ्कका कर्मचारी सहित सरोकारवाला सबैको रचनात्मक साथ छ, यसले बैंकलाई थप व्यवस्थित र उत्कृष्ट सेवा प्रवाह गर्न जिम्मेवारी र दायित्व थपिदिएको पौडेलको भनाइ छ ।

 

Comments

Back to top