समय व्यवस्थापन गर्ने पाँच तरिका

सफलताको महत्वपूर्ण सूचक हो समय व्यवस्थापन । यही समय व्यवस्थापन गर्न जान्नेहरु सफलताको शिखरमा पुगेर आफ्नो जीवनलाई सार्थक बनाइरहेका हुन्छन् भने यही समयका कारण कोहीको जीवन गयगुज्रेको बन्न पुग्छ ।

हामीले समय व्यवस्थापन प्रविधिहरूसँग सङ्घर्ष गरी सोही अनुसार दैनिक काय गर्ने हो भने अवस्य सफलता हात पर्छ । तर यी चीज कसरी गर्ने भनी सिक्नको लागि लगानी गरेको समय त्यसको अभ्यास हजारौं पटक गर्न पर्दछ, कुनै पनि काम एक पटक मात्र गरेर यसलाइ व्यवहारमा ल्याउन सकिंदैन ।

समय व्यवस्थापन प्रक्रिया भनेको लगातार प्रयोग गरी हामीले पर्याप्त समय पाउने छौं, यसबाट हामीले जति काम गर्दै जान्छौं त्यतिनै महसुस गर्दै जानेछौँ । निम्नलिखित समय व्यवस्थापन प्रविधिहरूले हाम्रो जीवनलाई अझ सरल र तनावमुक्त बनाउन सहयोग हुने छ ।

१) प्रत्येक बेलुका भोलिपल्ट गर्ने ६ वटा महत्वपूर्ण कार्यहरू उल्लेख गर्ने

२) हरेक कार्यहरू महत्वका आधारमा क्रममा राख्ने

३) प्रत्येक बेलुका भोलिपल्टको लागि नयाँ कुराको योजना बनाउने ।

४) भोलिपल्ट बिहान तिनै कार्यको क्रमाङ्कअनुसार सूची बनाइ कार्य गर्ने, नसकेसम्म गरिराख्ने र त्यसपछि दोस्रो, तेस्रो, चौथो गर्दै कार्यान्वयनमा नपुगेसम्म नरोक्ने

५) दैनिक दुई वा तीनवटा काम मात्र पुरा भएमा पनि चिन्ता लिनुहुँदैन, यी कार्य गर्न पनि त समय र मेहनतको आवश्यक परेको हुन्छ।

 

Comments

Back to top