नेपालमा जातिय व्यवस्थाको सुरुवात कसरी भयो ?

नेपालको इतिहास लामो छ । विभिन्न समयमा विभिन्न शासकहरुले नेपालमा राज गरेर आफूलाई सहज हुनेखालका विभिन्न व्यवस्थाहरु लागु गरेको पाइन्छ । त्यही मध्यको एक हो जातिय व्यवस्था । नेपालका लिच्छबिकालदेखि जातजातिको सुरुवात भएको देखिन्छ । लिच्छबिकालका राजा अंशुबर्माले नेपालमा ४ वटा जातमा विभाजन गरी त्यही अनुसारको नियम लागु गरेको पाइन्छ ।

उनले काम अनुसार जातिहरुको विभाजन गरेका थिए। ब्राह्मण, क्षत्रिय, बैश्य र शूद्र गरी चार जातमा बर्गिकरण गरेर त्यही अनुसारको काम लगाएको इतिहासमा पढ्न पाइन्छ । अंशुबर्माको मृत्यु भएपछि जातको विषयमा खासै चर्चा भएको पाईदैन ।

तर नेपालका मल्ल शासकहरुले फेरी जातको आधारमा समाजलाई बर्गिकरण गरेको देखिन्छ । जयस्थितिको मल्लले विगतदेखि विग्रिदै आएको समाजलाई व्यवस्थित रुपमा शासन संचालन गर्नका लागि फेरी जातजातिको रुपमा बर्गिकरण गरेर ४ जात छत्तिस बर्णमा नेपाली समाजलाई विभाजन गरे । त्यो विभाजन काममा आधारमा गरिएको थियो । चार बर्ण अन्तरगत ब्राह्मण, क्षत्रिय, बैश्य र शूद्र पर्दथे ।

ब्राह्मण बर्गलाई पनि पञ्चगौड र पञ्चद्रविण गरी दुई भागमा विभाजन गरेका थिए । शास्त्रहरुको अध्ययनअध्यापन गराउनु, धर्मकर्म र पाठपूजा गर्नु, संस्कारहरुको सहि रुपमा पालना गराउनु ब्रामण बर्गलाई सुम्पिएको दायित्व थियो ।

कार्यविभाजनको आधारमा क्षत्रियले राजकाज सम्बन्धी कार्यगर्न पर्ने, बैश्यले व्यापार र शूद्रले खेतिपातिका साथै जनसेवाको काम गर्न पथ्र्यो । ब्राह्मण र क्षत्रियहरुको आयु सय बर्ष तोकिएको थियो । जसमा २५ बर्ष ब्रम्हचार्य जीवन, पचास बर्षसम्मको उमेरलाई गृहस्थ जीवन, ७५ बर्षसम्मको उमेरलाई वानप्रस्त जीवन र त्यसपछिको १०० बर्षसम्मको जीनलाई सन्यास जीवन गरी उमेरका आधारमा पनि कार्यविभाजन गरिएको थियो ।

जयस्थिति मल्लले विद्धान ब्राह्मणहरुको सुझाव बमोजिम बैश्य र शूद्रलाई कामकै आधरमा ६४ जातमा बर्गिकरण गरिएको थियो । नेवार समुदायभित्र आचार्य, वैद्य, दैवज्ञ, श्रेष्ठ गरी ४ जातमा र अन्य ६४ उपजातमा विभाजन गरेका थिए ।

त्यसपछि नेपालमा जातिपर्थाले अहिलेसम्म पनि जरा गाडेकै छ । नेपालमा जन्म, मृत्यु, विबाह लगायका संकारहरु पनि जयस्थिति मल्लका पालादेखि नै सुरु भएएको थियो । विवाह कसरी गर्ने, जन्मदा र मृत्यु पछि के के गर्ने भनेर स्थिति बसाले इतिहासमा पढ्न पाइन्छ ।

Comments

Back to top