चौधरी ग्रुपले नेपालकै 'सबैभन्दा ठुलो' ९८ इन्चको टिभी सार्वजनिक गर्दै

सीजी कर्प ग्लोबलले टीसीएलको ९८ इन्च आकारको टिभी नेपाली बजारमा सार्वजनिक गर्ने भएको छ । कम्पनीले आइतबार राजधानीमा एक कार्यक्रम आयोजना गरी यो टिभी सार्वजनिक गर्न लागेको हो ।

९८ इन्चको यो टीसीएल क्यूडी-मिनी एलईडी फोरेक टिभी नेपालकै सबैभन्दा ठूलो टिभी भएको दाबी समेत कम्पनीले गरेको छ । विश्व बजारमा ९८ इन्चको टिभी सेग्मेन्टमा समेत नम्बर वन दाबी गर्दै आएको टीसीएलले चिनियाँ प्रविधि कम्पनी हो ।

भारतमा यो टिभीको बजार मूल्य करिब पाँच लाख भारु रहेको छ । नेपाली बजारमा यसको मूल्य कति पर्नेछ भन्ने कुरा चाहिं सार्वजनिक भएसँगै बाहिर आउने अपेक्षा गर्न सकिन्छ । फोरेक अल्ट्रा एचडी (३८४०x२१६०) रेजोलुसन भएको यो टिभीको रिफ्रेश रेट डीएलजी २४० हर्ज रहेको छ ।

यसमा ५०० भन्दा बढी लोकल डिमिङ जोन, एचडीआर १३०० निट्सको ब्राइटनेस, एआईपीक्यू प्रोसेसर ३.०, एचडीआर १०+, डल्बी भिजन एट्मस, गेम मास्टर २.०, एएमडी फ्रिसिंक प्रिमियम प्रो जस्ता फिचर रहेका छन् । 

Comments

Back to top