‘द लार्जेस्ट मोमो पार्टी’ को गिनिज वर्ल्ड रेकर्ड कोका–कोला नेपालको नाममा

कोका–कोलाले नेपालमा ‘द लार्जेस्ट मोमो पार्टी’ को लागि गिनिज वर्ल्ड रेकर्ड कायम गरेको छ।

शुक्रबार काठमाडौँस्थित हायात रेजेन्सी ग्राउन्डमा ‘काठमाडौँ इज कुकिङ’ को दोस्रो संस्करणको एउटा भागको रूपमा ‘द लार्जेस्ट मोमो पार्टी’ मार्फत नयाँ गिनिज वर्ल्ड रेकर्ड कायम गरेर कोका–कोलाले इतिहास रचेको हो।

कोका–कोलाका अनुसार कम्पनीले ५०० जना भन्दा बढी उत्साही सहभागीहरूका साथ यो कार्यक्रम सफलतापूर्वक आयोजना गरेको थियो।

प्रत्येक सहभागीलाई २५० एमएल कोकको बोतलसहित दुईवटा मोमो खान दिएको थियो। खाद्य सुरक्षा र स्वच्छताको उच्चतम मापदण्ड सुनिश्चित गर्न, एकजना समर्पित फुड हईजिन इन्स्पेक्टर र दुईजना साक्षीहरू पनि कार्यक्रममा उपस्थित रहेका थिए।

१५ मिनेट चलेको कार्यक्रममा सहभागीहरूले कोका–कोलासँगै स्वादिष्ठ मोमोको स्वाद लिएका थिए।

Comments

Back to top