एलजीको निःशुल्क एसी सर्भिस र एक्सचेन्ज क्याम्प

अन्तर्रास्ट्रिय ब्राण्ड एलजीले निःशुल्क एसी सर्भिस र एक्सचेन्ज क्याम्प योजना सार्वजनिक गरेको छ । सबै मौसमका लागि एलजी एसी नाराका साथ अघि बढिरहेको कम्पनीले बिहीबारदेखि सीमित अवधिको लागि यो योजना सार्वजनिक गरेको हो ।

यस योजनाअन्तर्गत कुनै पनि ब्रान्डको एसीमा निःशुल्क एसी सर्भिसिङ पाइनेछ । साथै, जुनसुकै अवस्थाको पुरानो एसी साट्न चाहेमा उक्त पुरानो एसीमा बिगतको भन्दा ५० प्रतिशतसम्मको थप मूल्याङ्कन गरी एलजीको उच्च गुणस्तरीय एसीसँग साट्न सक्नेछन् । यस्तै, कम्पनीको वेवसाइट सिजीइलेक्स डटकम÷एक्सचेन्जमा गई आफ्नो पुरानो एसीको मूल्याङ्कन आफैँ पनि गर्न सक्ने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार यो सुविधा र सर्भिस लिनको लागि टोल फ्रि नं १६६–००–१००–२११ वा ०१–५९७०२११ मा अथवा एलजीको सामाजिक सञ्जाल पेजमार्फत आफ्नो विवरण रजिस्टर गराउनु पर्नेछ । रजिस्टरपश्चात एलजीका टेक्निसियन घरमै गई यो सुविधा प्रदान गर्नेछन् । यस योजनामा थप सुविधा प्रदान गर्दै कम्पनीले एसीको रिपेयरिङ गर्दा स्पेयर पार्ट्समा ५० प्रतिशतसम्म छुट समेत दिएको छ ।

यस्तै, नयाँ एलजीको एसी खरिद गर्दा १८ प्रतिशतसम्मको विशेष छुट प्रदान गरिएको कम्पनीले जनाएको छ । नयाँ एसीमा चार हजार रुपैयाँ बराबरको फ्रि इन्सटलेसन पनि पाइनेछ ।

Comments

Back to top