हिमालयन बैंकको शाखा स्थानान्तरण

हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति गरे पश्चात् नजिक भएको शाखा सञ्जालहरुमध्ये इटहरी शाखा – २ लाई स्थानान्तरण गरी इनरुवा नगरपालिका वडा नं १, सुनसरीबाट बैंकिङ सेवा विस्तार गरेको छ ।

बैंकको उक्त शाखाको उद्घाटन नेपाल राष्ट्र बैंक, विराटनगरका निर्देशक इन्द्र चाम्लागाई मैनालीले गरेका थिए ।

उक्त समारोहमा इनरुवाका मेयर, उप–मेयर, जिल्ला प्रशासन कार्यालय प्रमुख, प्रहरी प्रमुख, नापी कार्यालयका प्रमुख लगायत बैंकका अन्य कर्मचारीहरूको पनि उपस्थिति रहेको थियो ।

Comments

Back to top