संसारलाई कमै थाहा भएका यी आश्चर्य

 

आजको विश्वमा कमै थाहा भएका कुराहरू गर्दा पनि आफैमा आश्चर्य लाग्छ । विज्ञान र प्रविधिले संसारलाई यति सानो बनाइदिएको छ कि संसारको कुनै पनि एक कुनामा घटेको घटना अर्को कुनामा क्षणभरमै थाहा हुन्छ । यो विज्ञान र प्रविधिको कमालको कुरा हो । तर, पनि केही कुरा भने यस्ता छन्, जो संसारलाई केही थोरै मात्र जानकारी छ । यसमा निम्न कुराहरू पर्छन् :

 नाउरु सहरमा यति धेरै मानिस बस्छन् कि उनीहरूको बसाइ कमिलाको जस्तो देखिन्छ । मानिसहरू हिँड्दा उनीहरूको वरपर र पैतलामुनिको जमिन नै देखिँदैन । जनसंख्याशास्त्रीहरूका अनुसार त्यहाँको जनसंख्या आवश्यक जनसंख्याभन्दा ९५ प्रतिशतले बढी छ ।

– वैश्विक जलवायु परिवर्तनसँगै पृथ्वीको सबैभन्दा बढी खतराको घेरामा परेको जमिनको भाग भनेको प्रशान्त महासागरमा रहेका मार्सल द्वीप समूह हो । यो द्वीपसमूह डुब्न केही सेन्टिमिटर पानीको उचाइ बढे मात्र काफी हुनेछ ।

 सान मारिनो भन्ने देश विश्वको सबैभन्दा पुरानो देश हो । यो देश ईसापूर्व ३०१ देखि हालसम्म अस्तित्वमा छ । यहाँ जनसंख्याभन्दा धेरै मोटरगाडी छन् । बाटो पनि यति धेरै छन् कि यो आफैंमा आश्चर्यलाग्दो छ ।

एकै देशमा सबैभन्दा बढी भाषा बोलिने देश पपुआ न्युगिनी हो । यो देशमा ८ सय १ थरीका भाषा बोलिन्छन् । तीमध्ये ८ सय ३९ भाषाहरू अझै व्यावहारिक बोलचालका भाषाका रूपमा जीवित छन्। अरु १२ वटा भने लोप हुने अवस्थामा छन् । तर, आश्चर्यको कुरा के छ भने अंग्रेजी भाषा त्यहाँको सरकारी भाषा बनाइएको छ । अंग्रेजी भाषा बढीमा २ प्रतिशत जनताले मात्र बोल्न सिकेका छन् ।

 नाइजर विश्वको सबैभन्दा बढी युवा जनसंख्या भएको देश हो । युवाहरूको जनसंख्या कुल जनसंख्याको ५० प्रतिशतभन्दा बढी छ । तर, जर्मनी र जापानमा भने युवाको जनसंख्या केवल १३ प्रतिशत मात्र छ ।

 फिजी भारतबाहेक हिन्दी भाषा राष्ट्रिय भाषाका रूपमा स्वीकार गरिएको देश हो । स्थानीय फिजीवासीहरू ५४ प्रतिशतसम्म छन् तर ४६ प्रतिशत भारतीय मूलका मानिसले त्यहाँका स्थानीयमाथि शासन गरिरहेका छन् । त्यहाँ रहेका भारतीय कामदारलाई इन्डो–फिजियन भनिन्छ । अर्को थप आश्चर्य भनेको सिंगो अफ्रिका युरोपियहरूले शासन गर्दा पनि लिबिया र इथियोपियामा उपनिवेश कायम गरिएन ।

Comments

Back to top