इन्फिनिक्सका स्मार्ट फोनहरू नेपाली बजारमा सार्वजनिक

इन्फिनिक्सले तीन किसिमका स्मार्टफोनहरू नेपाली बजारमा ल्याएको छ।

स्मार्ट ८, स्मार्ट ८ प्लस र स्मार्ट ८ प्रो स्मार्ट फोनहरू नेपाली बजारमा ल्याएको हो।

इन्फिनिक्सको स्मार्ट ८ प्लस स्मार्टफोनमा पनि ५० मेगापिक्सलको डुअल क्यामेरा सेटअप रहेको छ भने ८ मेगापिक्सलको फ्रन्ट क्यामेरा रहेको छ।

६.५६ इन्च एचडी डिस्प्लेसहित आकर्षक तथा प्रिमियम डिजाइनमा आउने यो स्मार्टफोनमा ६००० एमएएच ब्याट्री क्षमता छ। यसले टाइप सी चार्जर सपोर्ट गर्नुका साथै स्मार्ट ८ प्लसमा फिङ्गरप्रिन्ट सुविधा पनि रहेको छ।

स्मार्ट ८ प्लस ४ जीबी र्याम र ६४ जीबी रोममा १३,९९९ रुपैयाँमा उपलब्ध हुने कम्पनीले जनाएको छ।

इन्फिनिक्सको स्मार्ट ८ प्रो स्मार्टफोनमा ५० मेगापिक्सलको डुअल क्यामेरा सेटअप रहेको छ भने ८ मेगापिक्सलको फ्रन्ट क्यामेरा रहेको छ। प्रिमियम डिजाइन सहित ६.५६ इन्च एचडी डिस्प्ले रहेको स्मार्ट ८ प्रो मा मिडिया टेक हेलियो जी ३६ चिपसेट राखिएको छ।

यो फोनमा ५००० एमएएच ब्याट्री क्षमता छ भने यसले टाइप सी चार्जर सपोर्ट गर्छ र फिङ्गरप्रिन्ट सुविधा पनि छ।

कम्पनीका अनुसार स्मार्ट ८ प्रो ४ जीबी र्याम र ६४ जीबी रोम तथा ४ जीबी र्याम र १२८ जीबी रोममा क्रमश: १२,९९९ रूपैयाँ र १३,४९९ रूपैयाँमा उपलब्ध छन्।

Comments

Back to top