एभरेष्ट बैंक र वान प्वाइन्ट फाइनान्सियल सर्भिसेसबीच साझेदारी

बैंक तथा वित्तीय संस्थालाई एपिआइएमएस सेवा उपलब्ध गराइरहेको वान प्वाइन्ट फाइनान्सियल सर्भिसेस र एभरेष्ट बैंकबीच समझदारी भएको छ ।

समझदारी पत्रमा एभरेष्ट बैंकका तर्फबाट डेपुटी जनरल म्यानेजर आशुतोष शर्मा र वानप्वाइन्टका प्रमुख कार्यकारी अधिकृत प्रताप श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार एभरेष्ट बैंकलाई वान प्वाइन्टले एपिआइएमएस उपलब्ध गराउनेछ । वानप्वाइन्टको एपीआईएमएसले बैंकको एपीआई सिस्टमलाई व्यवस्थित बनाउन सहयोग गर्ने छ ।

बैंक तथा वित्तीय संस्थाको डिजिटल बैंकिङ पूर्वाधारलाई सबल र सक्षम बनाउन सहयोग गर्दै आएको वान प्वाइन्टले सुरक्षित र विश्वसनीय डिजिटल प्रणाली तथा प्लेटफर्म उपलब्ध गराउँदै आएको छ ।

 

Comments

Back to top