निसानको म्याग्नाइट एसयुभीको स्मार्ट इडिसन खरिदमा ३ लाख सम्मको सुविधा

पायोनियर मोटो कर्पले निसान म्याग्नाइटको स्मार्ट इडिसन सँस्करण सार्वजनिक गरेको छ।

नेपालमा सन् २०२१ मा सार्वजनिक भई नेपाली बजारमा आएको यो गाडी ‘बिग’, ‘बोल्ड’, ‘ब्युटिफुल’ र ‘कारिज्माटिक’ एसयुभि-निसान म्यागनाइट नवीनतापूर्ण सुविधाहरूसहित उपलब्ध भएको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार निसान म्याग्नाइट स्मार्ट इडिसन, मार्च महिना भरी खरिद गर्दा विशेष छुटका साथ आकर्षक मूल्यको लाभ लिन सकिनेछ। गाडीको खरिदमा ग्राहकहरूले विभिन्न लाभहरू समावेश गरी जम्मा ३ लाख १६ हजार १९६ रूपैयाँ सम्मका फाइदाहरू प्राप्त गर्न सक्नेछन्।

यी सुविधाहरूमा केही नियम र सर्तहरू लागू हुने कम्पनीले जनाएको छ। यसमा मनोरञ्जनको लागि नयाँ ८ टच स्क्रिन नेभिगेसन डिस्प्ले उपलब्ध छ। जहाँ ढुक्कले ड्राइभिङ गर्न सक्षम बनाउने फग लाइटहरू समावेश गरिएका छन्।

स्मार्ट एलइडि, एलोय ह्विल, मस्कुलर लाइनहरू र डायनामिक स्टाइल डिजाइन नै यसको विषेशता हुन्। वायरलेस चार्जर भएकोले सजिलै मोबाइल चार्जमा राख्न सकिन्छ।

निसान म्यागनाइट एएमटि चाँडै नै देशव्यापी रुपमा उपलब्ध हुने तयारीमा रहेको छ।

Comments

Back to top