आइजीआई प्रुडेन्सियलले अभिकर्ता तालिम संचालन गर्दै

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले चैत्र १३ गतेदेखि १६ गतेसम्म चार दिने निर्जीवन बीमा अभिकर्ता तालिम तथा परीक्षा संचालन गर्ने भएको छ।

तालिममा न्यूनतम एसईई वा सो सरहको परीक्षा उत्तीर्ण गरेकाले सहभागिता जनाउन सक्नेछन् । यसका लागि आवश्यक कागजातसहित चैत्र १२ गतेभित्र कार्यालयमा निवेदन पेश गर्नुपर्नेछ ।

तालिम कम्पनीको प्रधान कार्यालय, नारायणचौर, नक्साल, काठमाडौंमा विहान १० बजेदेखि ४ बजेसम्म संचालन गरिनेछ भने परीक्षा चैत्र १६ गते हुनेछ ।

साथै, उल्लेखित तालिममा ५० जनाभन्दा बढी सहभागी संख्या समावेद गराउन नसकिने हुँदा पहिले प्राप्त भएको निवेदनलाई प्राथमिकता दिइने कम्पनीले बताएको छ ।

Comments

Back to top