अचम्मको नृत्य गर्ने संसारका ७ चरा

हामीले आफ्नो वरिपरि वातावरणमा विभिन्न प्रकारका चरा उडिरहेको देख्छौं । ती मध्ये कति एकदमै सुन्दर हुन्छन् जसबाट हाम्रो नजर नै हट्दैन । त्यस्तै संसारमा केही पंक्षीहरु छन् जो नाँच्न जान्छन् ? तपाईं मयुरको बारेमा त सुन्नुभएको होला तर अरु पनि चरा छन् जो एकदमै राम्रो नाँच्ने गर्छन् । 

ब्लू फुटेड बुबी
यी चराका खुट्टाहरुले यिनीहरुलाई एकदमै आकर्षक बनाउँछन् । यी पंक्षी आफ्नो साथीसँग पे्रम प्रकट गर्नका लागि यिनै खुट्टाको सहयोगले नृत्य गर्छन् । साथमा पोथी पंक्षीको अगाडि आफ्ना पखेटा फैलाएर घाँटी निहुराउने पनि गर्छन् ।

बोवरबर्ड
यो पंक्षी आफ्नो प्रेम प्रकट गर्नका लागि पहिला सुन्दर तथा सफा गुँड बनाउँछन् । त्यसपछि जब पोथी पंक्षीलाई गुँड मन पर्छ, त्यसपछि भाले पंक्षीले उसको अगाडि सुन्दर नृत्य देखाउने गर्छ ।

बाल्ड ईगल
आफ्नो पार्टनरलाई मनाउनका लागि यो पंक्षी पनि एकदमै फरक तरिकाले नाँच्दै आउने गर्छ । आफ्नो साथीलाई पे्रम देखाउनका लागि बाल्ड ईगल आकासमा एकदमै अनौठो तरिकाले उडेर साथीको नजिक जाने गर्छ ।

अस्ट्रीच
जब एक पोथी अस्ट्रीचले आफ्नो पार्टनरलाई खोजिरहेकी हुन्छ, त्यतिबेला भाले अस्ट्रीचले ठूला पखेटा फैलाएर उसको अगाडि नृत्य गरेर देखाउँछ । यो शानदार नृत्यले उसले आफ्नो पार्टनरलाई आफूतिर आकर्षित गर्छ ।

मयुर
जंगललाई अझै धेरै सुन्दरता दिने मयुरको नाँचको बारेमा त धेरैले सुनेकै हुनुपर्छ । जब मयुर नाँच्छ, तब पोथी मयुर उसको वरिपरि घुम्ने गर्छन् र सबै मयुरलाई हेर्ने गर्छन् । जसको पनि नृत्यु पोथी मयुरलाई मन पर्छ उसलाई नै उसले साथी बनाउँछे ।

रेड क्याप्ड मेनाकिन
यी पंक्षीहरुको नृत्य पनि एकदमै सुन्दर हुन्छ । अनौठो नृत्यले गर्दा यिनीहरुलाई माइकल ज्याक्सनको रुपमा पनि जानिन्छ । रेड क्याप्ड मेनाकिन आफ्नो साथीलाई आकर्षित गर्नका लागि नृत्य गर्छन् ।

क्लार्क ग्रीबे
यिनीको नृत्य पनि एकदमै आकर्षक हुन्छ । क्लार्क ग्रीबे नृत्य गर्नका लागि पानीमा तैरिन्छन् । यिनीहरु पनि आफ्नो साथीलाई आकर्षित गर्नका लागि नाँच्ने गर्छन् ।

Comments

Back to top