सिद्धार्थ बैंकको ‘पिंक डेबिट कार्ड’ सञ्चालनमा

सिद्धार्थ बैंक लिमिटेडले अन्तर्राष्ट्रिय महिला दिवस २०२४ को अवसरमा महिला स्वास्थ्यमा योगदान पुर्याउने उद्देश्यले सिद्धार्थ नारी बचत खाताका ग्राहकहरूलाई पिंक डेबिट कार्ड सञ्चालनमा ल्याएको छ।

महिला वर्गलाई लक्षित यस कार्ड मार्फत गरिएको खरिदमा बैंकले कारोबार रकमको ०.१० प्रतिशत महिला स्वास्थ्यजन्य कार्यक्रमको लागि योगदान गर्नेछ।

यो योजनाले नगदरहित कारोबारलाई प्रोत्साहन गर्नुका साथै महिला स्वास्थ्य सम्बन्धी कार्यक्रम सञ्चालनमा भुमिका खेल्ने बैंकले विश्वास लिएको छ।

सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले बैंकले देशभर १९६ वटा शाखा, ७३ शाखारहित बैंकिङ्ग सेवा र २२६ एटिएम मार्फत उच्चस्तरीय एवं प्रविधिमैत्री बैंकिङ सेवा प्रदान गर्दै आएको जनाएको छ।

Comments

Back to top