मुनि बहादुर शाक्य: एसिया र नेपालबाट पहिलो माइक्रो कम्प्यूटर आविस्कार गर्ने वैज्ञानिक

मुनि बहादुर शाक्य नेपाली वैज्ञानिक हुन् जसले नेपाली भाषामा सञ्चारलाई सहज बनाउनका लागि देवनागरीमा कम्प्यूटर बनाएका थिए । विश्वले चिनेको यि कम्प्युटर वैज्ञानिकलाई नेपाल सरकारले भने आजसम्म पनि चिन्न सकेको छैन । मुनि बहादुर शाक्यका आविष्कारहरु हिजो र आज दुबै पुस्ताका लागि उपयाोगि छन् । सन् १९७९ मा शाक्यले पहिलो माइक्रो कम्प्युटर नेपालमा नै बनाएका थिए त्यसपछि उनले नेपालीका लागि एकपछि अर्को कम्प्युटरका आविष्कारहरु गर्दै गए । देवनागरी कम्प्युटर, सुपर कम्प्युटर र ग्रीन कम्प्युटर उनका उत्कृष्ट प्रविधि आविष्कारहरु हुन् । जुन नेपाल र नेपालीका लगि अति उपयोगी छन् ।

मुनि बहादुर शाक्यको जन्म ललितपुको पाटनमा सन् १९४२ मा भएको थियो । आफ्नो बाल्यकालमा जिज्ञासु किसिमका बच्चा थिए उनी । अन्तरिक्षमा पुगेका यूरी गागरिनको समाचार सुने पछि उनी यति खुशी भएका थिए कि उनले आफ्नो हजुरबुवाको चस्माको लेन्सबाट टेलिस्कोप बनाएका थिए । एक मिटर फोकल लेन्थ लेन्स आकाश हेर्नका लागि । भौतिकशास्त्र उनको मनपर्ने विषय थियो त्यसैले उनले त्रिचन्द्र कलेजमा विज्ञान अध्ययन गरेका थिए । सन् १९६२ मा उनि भारतको कलकतामा रेडियो इलेक्ट्रोनिक इन्जिनियरिङ अध्ययन गर्न गएका थिए ।

सन् १९७० मा उनी इङ्गल्यान्डमा कम्यूनिकेसन इन्जिनियरिङ अध्ययन गर्न गएका थिए । उनले फ्रान्समा ट्रेनिङ प्रोग्रमका लागि स्कलरसिप प्राप्त गरेका थिए । त्यसपछि उनले नेपाल फर्किएर पहिलो नेपाली माइक्रो कम्प्यूटर बनाएका थिए । सन् १९७८ उनलाई कम्प्यूटर बनाउने समानहरु प्रदान गरिएको थियो ।

उनले सन् १९७९ मा एसिया र नेपालको पहिलो माइक्रो कम्प्यूटर सार्वजनिक गरेका थिए । त्यसपछि रेडियो नेपालले उनको अन्तरवार्ता लिएको थियो र चिनिया पत्रिकाले उनको स्टोरि कभर गरेको थियो र ८८ राष्ट्रहरुले उनको बारेमा समाचार छापेको थियो । शाक्य भन्छन् “त्यसबेला म ८८ राष्ट्रको लागि हिरो भएको थिए ।”

आइबीएमभन्दा २ वर्ष पहिले नेपालमा नेपालीले नै माइक्रो कम्प्युटर बनाएका कम्प्युटर वैज्ञानिक मुनि शाक्यले ३५ वाटमा चल्ने ग्रीन कम्प्युटर बनाएर सफल प्रयोग गरिसकेका छन् ।

Comments

Back to top