सिटिजन्स बैंकको ९.९९% घर कर्जा योजना सार्वजनिक

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्ना ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ सेवा सुबिधाहरु प्रदान गर्ने क्रममा ‘सपनाको घरलाई दिनुहोस आकार, सिटिजन्स घर कर्जाले पार्नेछ सपना साकार’ भन्ने नाराका साथ ७ वर्षको लागि स्थिर रहने गरि ९.९९%मा घर कर्जा योजना सार्वजनिक गरको छ ।

७ वर्ष पछि भने बैंकको प्रचलित औसत मासिक आधार दर भन्दा १५ बढी को प्रिमियम दर लागु हुनेछ। कर्जा रकमको ०.५०% व्यवस्थापन शुल्क लाग्नेछ ।

घर कर्जा अन्तर्गतका अन्य सुविधामा निःशुल्क क्रेडिट कार्ड , डेविट कार्ड र पहिलो वर्षको लागि लकर सुविधा शुल्कमा ५० प्रतिशत शर्त सहितको छुट रहेको छ ।

 

Comments

Back to top