चार कार निर्माताद्वारा आठ हजार गाडी फिर्ता

दक्षिण कोरियाका चार स्थानीय र विदेशी कार निर्माताहरूले उत्पादनमा त्रुटि भएका कारण करिब सात हजार सात सय सवारी साधन स्वेच्छाले फिर्ता बोलाउने भएको यातायात मन्त्रालयले बुधबार जनाएको छ ।

भूमि, पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार हुन्डाई मोटरले एभान्टे सेडानसहित पाँचवटा विभिन्न मोडलका चार हजार एक सय १८ एकाइ फिर्ता बोलाउनेछ । 

यसमा निकास ग्यास रिसर्कुलेशन (इआरजी) भल्भ पावर युनिटमा त्रुटि देखिएको छ । उक्त त्रुटिका कारण गाडी चलाउँदा इन्जिन रोकिन सक्छ ।

किया कर्पोरेशनले के–३ सेडानसहित तीनवटा मोडेलका दुई हजार छ सय ५८ एकाइ हुन्डाई गाडीहरू जस्तै उत्पादनमा त्रुटिको लागि फिर्ता गर्नेछ।

जगुआर ल्यान्ड रोभर कोरियाले नयाँ रेन्ज रोभर स्पोर्ट पी–३६० जस्ता दुई मोडलका तीन सय २९ एकाइमा रियर लाइट इलुमिनेसन डिभाइसको कमजोर फिक्सेसनको मर्मत गर्नेछ ।

भक्सवागन समूह कोरियाले टोवारेग ३ ३.० टिडिआई को छ सय २३ एकाइमा सुधारात्मक कारबाही गर्नेछ । यो मोबाइल अनुप्रयोगहरूमा सफ्टवेयर त्रुटिका कारण रिमोट स्वचालित पार्किङको समयमा खराबी हुन सक्छ ।

सवारी साधन मालिकहरूले मर्मत र सेवा केन्द्रहरूमा गएर दोषपूर्ण पार्टपुर्जाहरू निःशुल्क बदल्न सक्छन् ।

एजेन्सी

Comments

Back to top