इसेवाले फेरि ल्यायो ‘मेरो यात्राको साथी’ अफर, बम्परमा २ लाख जित्न सकिने

इसेवाले यसवर्ष पनि ‘मेरो यात्राको साथी’ नामक अफर सार्वजनिक गरेको छ।

यस अफर अन्तर्गत यात्रुहरूले यात्रा गर्दा विभिन्न सेवामा आकर्षक क्यासब्याक पाउनेछन्। अफरमा हवाईजहाज टिकेटिङ, बस टिकेटिङ, होटेल बुकिङ तथा अन्तर्राष्ट्रिय हवाईजहाज टिकेटिङमा आकर्षक अफरहरू सामेल गरिएका छन्।

यसका साथै यो सेवा प्रयोग गर्ने एक भाग्यमानी प्रयोगकर्ताले बम्पर उपहार स्वरुप २ लाख रूपैयाँ प्राप्त गर्न सक्ने इसेवाले जनाएको छ।

यस अफर अन्तर्गत पहिलो पटक हवाइजहाज टिकट खरिदकर्ताको लागि ३०० रूपैयाँ सम्म क्यासब्याक प्राप्त हुनेछ। जसका लागि प्रोमोकोड ‘यात्रा३००’ प्रयोग गर्नुपर्नेछ। इसेवामार्फत् होटल बुक गर्दा प्रोमोकोड 'होटल२००' प्रयोग गर्दा २०० रूपैयाँ क्यासब्याक प्राप्त हुनेछ।

इसेवाबाट बसको टिकट काट्दा कुल ८ प्रयोगकर्ताले सतप्रतिशत क्यासब्याक पाउने इसेवाले जनाएको छ।

त्यस्तै, प्रोमोकोडमा 'यात्रा५०' प्रयोग गरी हरेक दिन पहिलो ५० प्रयोगकर्ताले ५० रूपैयाँ क्यासब्याक प्राप्त गर्न सक्नेछन्। इसेवाबाट पहिलो पटक बसको टिकट काट्ने प्रयोगकर्ताले 'यात्रा१००' प्रोमो कोडको प्रयोगमा १०० रूपैयाँ क्यास्ब्याक पाउन सक्नेछन्।

यसैगरी, अन्तर्राष्ट्रिय हवाइजहाजको टिकट खरिदमा हरेक सोमबार बेलुकी ४ देखि ५ बजेसम्म १५०० रूपैयाँ सम्म क्यासब्याक प्राप्त गर्न सकिनेछ।

इसेवाका अनुसार अफर फाल्गुन १३ देखि चैत्र १३ गतेसम्म लागू हुनेछ।

यी सबै अफर बारे विस्तृतमा जानकारी इसेवाको आधिकारिक ब्लग तथा सामाजिक सञ्जालमा रहेको इसेवाले जनाएको छ।

Comments

Back to top