देशका १५ शहरमा हुने रोड-शोमा डिसहोमको प्रचार

रेडियो अन-व्हील्स रोड-शो कार्यक्रमसँगको सहकार्यमा डिशहोमले आफ्नो सेवा-सुविधाहरूको प्रचार-प्रसार गर्ने भएको छ।

रोड-शो मा शिव परियार, महेश काफ्ले, विश्व नेपाली, टीका प्रसाईं तथा सुमन कार्की जस्ता ख्यातिप्राप्त कलाकारहरूले आफ्नो प्रस्तुति दिनेछन्।

त्यसैगरी कार्यक्रमम सहभागीहरूले विभिन्न खेलहरूमा सहभागी भई पुरस्कार पनि जित्न सक्नेछन्।

कार्यक्रम धरान बसपार्कबाट २५ गते साँझ ४ बजेदेखि सुरु भई २६ गते इटहरी, २७ गते दमक, २८ गते बिर्तामोड, २९ गते बिराटनगर, ३० गते जनकपुर, ३१ गते बिरगंजमा हुनेछ।

यस्तै, जेठ १ गते हेटौंडा, २ गते नारायणघाट, ४ गते बुटवल, ६ गते धनगढी, ८ गते सुर्खेत, ९ गते नेपालगन्ज, ११ गते पोखरा र १४ गते काठमाडौंमा आयोजना भइ समापन हुनेछ।

कार्यक्रमले देशैभर लाखौंलाई पूर्ण मनोरञ्जन गराउने विश्वास आयोजकको छ।

एजेन्सी

Comments

Back to top