नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको काठमाडौंमा २ वटा नयाँ शाखाहरु विस्तार

नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले बिहीबार काठमाडौंमा २ वटा नयाँ शाखाहरु विस्तार गरेको छ । बैंकले काठमाडौं महानगरपालिका वडा नं १५ मा स्वयम्भू शाखा र काठमाडौं महानगरपालिका वडा नं १६ बालाजुमा नयाँ शाखा संचालनमा ल्याएकोे हो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योती प्रकाश पाण्डेले नयाँ शाखाहरुको उद्घाटन गरेका हुन्। कार्यक्रममा सिइओ पाण्डेले नयाँ शाखाहरुबाट ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ सेवा तथा सुविधाहरु दिने बताए ।

बैंकले हाल देशभरिमा २६८ शाखा, ६३ वटा एक्सटेन्सन काउन्टर, ११३ वटा शाखा रहित बैंकिङ र २६२ वटा एटीएम मार्फत सेवा प्रदान गरिरहेको छ ।

Comments

Back to top