सिटिजन्स बैंकद्वारा ‘रियल टाइम फिक्स डिपोजिट योजना’ सार्वजनिक

सिटिजन्स बैंकले रियल टाइम फिक्स डिपोजिट योजना सार्वजनिक गरेको छ । यो योजना अनुसार ग्राहक आफैंले ल्यापटप/कम्प्युटर र आफ्नो मोबाइलबाट घरमा बसिबसि मुद्दती खाता खोल्न सकिन्छ ।

यो खाता खोल्न सबैभन्दा पहिले सिटिजन्स बैंकको मोबाइल बैंकिङ एप लग इन गर्नु पर्नेछ । त्यसपछि मोर अप्सनमा क्लिक गरी फिक्स डिपोजिट लेखिएको स्थानमा क्लिक गर्नु पर्नेछ ।

त्यहाँ विभिन्न योजनामा टाइपहरु देखिने छ । ती योजना मध्ये आफूले खोल्न चाहेको मुद्दती खाताको योजना रोज्न सकिने छ । त्यसपछि आफूले जम्मा गर्न चाहेको रकम उल्लेख गर्नु पर्नेछ ।

यी सबै गरेपछि आफ्नो इमले ठेगाना भरेर प्रोसिडमा क्लिक गर्नु पर्नेछ । आफूले भरेका कुरा ठीक भए नभएको जाँच गरी ठीक भएमा उपलब्ध गराइएको इमेल ठेगानामा मुद्दती खाता सञ्चालक भएको सन्देश बैंकले पठाउने छ ।

ग्राहकले मुद्दती खातामा जम्मा गर्न चाहेको रकम बचत खातामा रहनु अनिवार्य रहेको बैंकले जनाएको छ ।

Comments

Back to top