अलैंची एक फाइदा अनेक

मसलाको रुपमा प्रयोग हुने अलैचीमा धेरै औषधिय गुण पनि पाइन्छन् । यसलाई सही प्रकारले सेवन गर्ने हो भने विभिन्न लाभ दिन सक्छ ।

जानौं यसका फाइदा

  • अलैंचीको सेवन गर्नाले पाचनलाई राम्रो बनाउन सकिन्छ । साथमा यसले पेटसँग जोडिएका समस्या पनि कम हुन्छन् ।
  • यसको सही प्रयोग गर्न जान्ने हो भने यो मुटुका लागि पनि फाइदाजनक हुन्छ । यसले मुटुसँग जोडिएका समस्या कम गर्न सहयोग पुर्याउँछ ।
  • यदि ब्रस गरेपछि पनि तपाईंको मुखबाट दुर्गन्ध आउँछ भने अलैंची खानु फाइदाजनक हुन सक्छ । यसले दाँतमा हुने संक्रमणबाट पनि राहत दिन्छ ।
  • अलैंचीमा भरपूर मात्रामा एन्टीअक्सीडेन्ट, भिटामिन सी र पोटाशियम जस्ता पोषक तत्व हुन्छन् । यसले छालालाई पनि स्वस्थ बनाएर राख्न सहयोग गर्छ ।
  • यदि तपाईंलाई एसिडिटी जस्तो समस्या छ भने अलैंचीको सेवन गर्नु फाइदाजनक हुन सक्छ । यसले ग्यासको समस्याबाट राहत दिन्छ ।
  • तपाईं अलैंचीको प्रयोग भोजनमा मसालाको रुपमा पनि प्रयोग गर्न सक्नुहुन्छ। यसबाहेक यसलाई धुलो बनाएर चिया बनाएर पिउन पनि सकिन्छ ।
  • अलैंचीको सेवन आवश्यकता भन्दा धेरै खानु भने हुँदैन । कुनै पनि कुरा अत्यधिक सेवन गर्दा बेफाइदा नै हुन्छ । त्यसरी नै अलैंची पनि सही तथा थोरै मात्रामा खानु पर्दछ ।

Comments

Back to top