कसरी बनाउने सम्बन्ध सुमधुर ? अपनाउनुस् यी टिप्स

आजकल, व्यस्त जीवनमा मानिसहरूसँग एकअर्काको लागि निकै कम समय छ, जसका कारण सम्बन्ध र वैवाहिक जीवनमा पनि यसको प्रभाव देखिन्छ । जतिसुकै माया गरे पनि समयको कमीले सम्बन्धमा चाहे र सोचेजस्तो सुमधुर बन्न सकिरहेको हुँदैन ।

आजकालको व्यस्त जीवनमा मानिसहरु बिहान काममा निस्कने र राति घर फर्कने गरेका छन् । यो ९ देखि ९ जीवनशैली आजकल धेरै सामान्य भएको छ । यस्तो जीवनशैलीका कारण मानिसको सम्बन्ध र वैवाहिक जीवनमा पनि नराम्रो असर परिरहेको छ ।

धेरै पटक, कामको व्यस्तताका  कारण, मानिसहरूले आफ्ना पार्टनरलाई चाहिने ध्यान दिन असमर्थ हुन्छन्। वास्तवमा, समस्या यो छ कि, धेरै घण्टा काम गरेपछि, जब मानिसहरू घर आउँछन्, एकदमै थाक्छन् । जसको कारण उनीहरुसँग आफ्नो पार्टनरका लागि समय हुँदैन ।

सम्बन्धमा एकअर्काको लागि कम समय हुँदा तपाई दुखी रहनुहुन्छ र तपाईले धेरै तनावको सामना गर्नु पर्छ। यस्तो अवस्थामा आज हामी तपाईलाई केहि टिप्स बताउन गइरहेका छौँ जसबाट तपाईले आफ्नो सम्बन्ध र दाम्पत्य जीवनमा खुशी कायम राख्न सक्नुहुन्छ ।

प्रेमलाई कसरी बचाइराख्ने ?

तपाईंको व्यस्त कार्य तालिकाको बावजुद,  यहाँ धेरै तरिकाहरू छन् जसको माध्यमबाट तपाईं आफ्नो पार्टनरसँग सम्पर्कमा रहन सक्नुहुन्, सम्बन्ध सुमधार बनाइरहन सक्नुहुन्छ । यो नभुल्नुस् कि तपाईंले आफ्नो पार्टनरको लागि आफ्नो व्यस्त तालिकाबाट केही समय निकाल्नुपर्छ। समय थोरै भए पनि, त्यो थोरै समयमा तपाईं र तपाईंको पार्टनरले एकअर्काको लागि समय दिन सक्नुहुन्छ । यो समयमा कुनै पनि कुरा तपाईंहरूबीच बाधा बन्नुहुँदैन ।यस समयमा, आफ्नो फोन टाढा राख्नुहोस् र एक अर्कामा ध्यान केन्द्रित गर्नुहोस्।

प्रविधिबाट टाढा रहनुहोस्

एक त व्यस्त जीवनशैली, थोरै बचेको समय पनि सामाजिक सञ्जाल जस्तै फेसबुक, टिकटक, ट्वीटरमा समय विताउने आज हरेकको दैनिकी बनिसकेको छ। तर सम्बन्ध सुमधुर बनाइराख्ने हो भने सामाजिक सञ्जाललाईं दिने समय आफ्नो पार्टनरलाईं दिनुपर्छ । आफ्नो पार्टनरसँग साथमा हुँदा मोबाइल, टिभी वा ल्यापटप जस्ता चीजहरूबाट टाढा रहनुहोस्।

छोटो ब्रेक

व्यस्त जीवनमा पनि थोरै समय तपाईंले पार्टनरको लागि निकाल्नैपर्छ । सधै नभएपनि बेलाबेला आफ्नो पार्टनरसँग ह्याङ आउट गर्न केही समय निकाल्नुपर्छ । तपाईं साप्ताहिक छुट्टीमा कतै घुम्न निस्कन सक्नुहुन्छ, वा लामो छुट्टीमा छोटो यात्राको योजना बनाउन सक्नुहुन्छ। यसले तपाईंलाई एकअर्कासँग जोडिएको महसुस गराउँदछ।

राती सुत्नुअघि कुरा गर्नुहोस्

पार्टनरबीच जति कुरा सेयर भयो, त्यति सम्बन्ध गहिरो र मजबुत हुन्छ । यसले एकअर्काप्रतिको विश्वाससमेत बढ्छ । त्यसैले एकअर्काबीच कुरा सेयर गरिरहनुपर्छ। विशेषगरी राति सुत्नुअघि एक अर्कासँग कुरा गर्नुहोस्। उदाहरणको लागि तपाईको दिन कस्तो रह्यो, तपाईले दिनभर के के गर्नुभयो आदि ।

यसबाहेक बिहान सँगै चिया पिउने, संगै मिलेर घरको काम गर्ने । यी र यस्ता साना बानीहरूले तपाईंलाई एकअर्काको नजिक रहन मद्दत गर्नेछ।

Comments

Back to top