नेपाल लाइफ इन्स्योरेन्सको नाफा बढ्यो

नेपाल लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ४२ करोड ७७ लाख रुपैयाँ नाफा कमाएको छ ।

यो गत वर्षको यसै अवधिको तुलनामा १२.९० प्रतिशतले धेरै हो । गत वर्ष यसले ३७ करोड ८८ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । पुससम्ममा लगानी तथा कर्जाबाट हुने आम्दानी बढ्दा कम्पनीको नाफा बढ्न पुगेको छ ।

कम्पनीले लगानी तथा कर्जाबाट ७ अर्ब ४८ करोड रुपैयाँ आम्दानी गरेको छ । यो गत वर्षको भन्दा १४.३३ प्रतिशतले धेरै हो । गत वर्ष यसले ६ अर्ब ५४ करोड रुपैयाँ आम्दानी गरेको थियो । यसको कुल दावी भुक्तानी भने १८.५१ प्रतिशतले घटेर ६ अर्ब ९१ करोड रुपैयाँमा झरेको छ ।

गत वर्ष ८ अर्ब २८ करोड थियो । हाल यस इन्सुरेन्सको चुक्ता पुँजी ८ अर्ब २० करोड रुपैयाँ रहेको छ । यसको रिटेन अर्निङमा १ अर्ब ३ करोड रुपैयाँ छ । कम्पनीको जीवन बिमा कोषमा १ खर्ब ८३ अर्ब ६५ करोड रुपैयाँ रहेको छ ।

पुससम्म यसले १९ अर्ब ७१ करोड रुपैयाँ बराबरको खुद बिमा शुल्क आर्जन गरेको छ । यो गत वर्षको भन्दा ७.१३ प्रतिशतले धेरै हो । गत वर्ष यसले १८ अर्ब ४० करोड रुपैयाँ बराबरको बिमा शुल्क आर्जन गरेको थियो ।

यसको प्रतिसेयर आम्दानी बढेर १० रुपैयाँ ४२ पैसा कायम भएको छ । गत वर्ष प्रतिसेयर आम्दानी ९ रुपैयाँ २३ पैसा रहेको थियो । प्रतिसेयर नेटवर्थ भने १२८ रुपैयाँ ०१ पैसा रहेको छ ।

Comments

Back to top