तौल घटाउन उपयोगी विभिन्न प्रकारका पानी

कतिपय मानिसहरु तौल कम गर्नका लागि विभिन्न उपायहरु अपनाउँछन् तर केही फरक पर्दैन ।

यस्तोमा तौल घटाउनका लागि पानी एकदमै सहयोगी हुन सक्छ । हो, पानीमा केही चीज हालेर पिउँदा पनि तौल कम गर्न सकिन्छ । जानौं यसबारे –

बेसार पानी

बेसार पानी त हरेकको भान्सामा पाइन्छ । यो स्वास्थ्यका लागि पनि एकमदै फाइदाजनक हुन्छ । यसमा एन्टीब्याक्टेरियल गुण पनि पाइन्छ । यसलाई हप्तामा एकपटक बेसार पानी बनाएर पिउनुहोस् जसले तौल कम गर्न सहयोग गर्नेछ ।

मेथी पानी

तौल कम गर्नका लागि बिहानको समयमा खाली पेट मेथी पानी पिउन पनि सकिन्छ । यसका लागि रातमै एक गिलास पानीमा एक चम्चा मेथी दाना भिजाउनुहोस् । यसले रक्तचाप नियन्त्रण गर्नुका साथै मधुमेहमा पनि यो पानीले फाइदा गर्छ ।

ओट्स पानी

तौल कम गर्नका लागि ओट्स पानीको पनि सेवन गर्न सकिन्छ । यसमा राम्रो मात्रामा फाइबर हुन्छ जसले तपाईंलाई हाइड्रेट गर्नुका साथै ऊर्जा पनि दिन्छ ।

ज्वानो पानी

तीव्र गतिमा तौल कम गर्न छ भने ज्वानो पानी पनि राम्रो विकल्प हो । यसलाई रातमा एक गिलास पानीमा एक चम्चा ज्वानो भिजाउनुहोस् । बिहान यसको सेवन गर्नुहोस् यसले पेटसम्बन्धी समस्याहरु पनि कम गर्छ ।

दालचिनी पानी

दालचिनी पानीको सेवनले पनि तौल तीव्र गतिमा कम गर्न सकिन्छ । यसले शरीरको मेटाबोलिज्म पनि बलियो बनाउँछ साथमा मुटुका लागि पनि एकदमै राम्रो हुन्छ ।

कागती पानी

अत्यधिक मानिसले तौल कम गर्ने क्रममा पिउने पानी भनेको कागती पानी हो । बिहानको समयमा तातो पानीमा कागती राखेर पिउँदा यसले शरीरमा रोग प्रतिरोधात्मक क्षमता पनि बढाउँछ ।

यसरी विभिन्न पानीहरुलाई तपाईं हरेक दिन परिवर्तन गर्दै पिउन सक्नुहुन्छ । तपाईं बिहान दुधको चिया वा अन्य चीजहरु खानुको सट्टा यी पानीहरु पिउनुहोस् । यसले तपाईंको शरीरमा भएको फोहोरलाई पनि बाहिर फाल्ने काम गर्छ । जसले गर्दा शरीर भित्रैदेखि देखि सफा र स्वस्थ बन्छ ।

Comments

Back to top