यस्ता बानीले बढाउँछ डिप्रेशन

धेरै जसो मानिसलाई थाहा नै हुँदैन र उनीहरु गम्भीर रोगको शिकार भइसकेका हुन्छन् ।

यस्तै डिप्रेशन जस्ता समस्याबाट छुट्कारा पाउन वा  स्ट्रेस कम  गर्नुछ भने आजैदेखि यस्ता बानी छोड्नुहोस् ।

आफ्नो बारेमा हरेक समय नकारात्मक सोंच्नु, आफूलाई अरुभन्दा कम सम्झने जस्ता बानी हटाउनु पर्छ । यस्ता बानीले डिप्रेशनलाई बढावा दिन्छन् ।

हरेक समय खराब मुडमा रहनु, भरपूर निद्रा नलिनु र तनाव लिने जस्ता बानी पनि छोड्नुपर्छ । यस्ता बानीले पनि दिमाग शान्त हुँदैन जसले गर्दा डिप्रेशन हुन्छ ।

आफूलाई बाँकी मानिसबाट टाढा राख्नु र साथीहरु नहुँदा पनि तपाईंको दिमागमा उल्टो असर पर्छ । एक्लोपनबाट बच्न तपाईं आफ्नो परिवार तथा साथीभाईसँग भेटघाट गर्ने, बोल्ने तथा घुम्ने गर्नुपर्दछ ।

हामीले कसरत तथा शारीरिक गतिविधि पनि गर्नु पर्दछ । यसले तनाव कम हुन्छ र मुड पनि राम्रो हुन्छ।

तपाईं हिँड्डुललाई पनि आफ्नो दिनचर्या बनाउन सक्नुहुन्छ ।

अस्वस्थ खाना धेरै खानु पनि स्वास्थ्यका लागि नराम्रो हुन्छ । यसले तपाईंको मुडलाई पनि प्रभावित पार्दछ । जसले गर्दा तनाव तथा डिप्रेशनलाई बढावा दिन्छ ।

सामाजिक मिडियाको अत्यधिक प्रयोग र स्क्रीनमा लामो समय बिताउनु पनि खराब बानी हो । यसले पनि तपाईंको मन र दिमागमा नकारात्मक असर पार्दछ ।

Comments

Back to top