के तपाईंको टाउको दुखिइरहन्छ ? हुन सक्छ यी तत्वको कमी

टाउको दुख्नुका पछाडि धेरै नै कारण हुन सक्छन् जस्तै अत्यधिक तनाव, डिहाइड्रेशन वा कुनै प्रकारको रोग । तर, प्रायः दुखिरहन्छ भने ध्यान दिन जरुरी हुन्छ। किनकी केही तत्वको कमीले पनि टाउको दुख्ने समस्या हुन सक्छ ।

म्याग्नेशियमको कमी टाउको दुख्नुको आम कारणमा पर्छ । यसका लागि आहारमा म्याग्नेशियमको मात्रा बढाउन जरुरी हुन्छ ।

त्यस्तै कहिलेकाँही भिटामिन डीको कमीले पनि टाउको दुख्ने समस्या हुन सक्छ । यसले सुन्निने समस्या तथा न्यूरोन्सको काम गर्ने तरिकालाई पनि प्रभावित पार्न सक्छ ।

त्यस्तै एनीमिया अर्थात शरीरमा आइरनको कमीले पनि टाउको दुख्ने समस्या हुन्छ । यसका लागि तपाईंले आइरन भरपूर पाइने खानेकुरा खानुपर्दछ ।

विभिन्न अध्ययनमा देखिएअनुसार आइरनको कमी भएका व्यक्तिमा टाउको दुख्ने समस्या ८० प्रतिशतसम्म हुने गरेको छ ।

त्यस्तै आहारमा म्याग्नेशियम, राइबोफ्लोविन, ओमेगा ३, ओमेगा ६ र भिटामिन डी जस्ता पोषक तत्व सामेल गरेर टाउको दुख्ने समस्याबाट छुट्कारा पाउन सकिन्छ ।

Comments

Back to top